नियम ९७
सम्पत्तिको विवरण
: (१) प्रत्येक सशस्त्र प्रहरी कर्मचारीले प्रत्येक आर्थिक वर्ष समाप्त भएको साठी दिन भित्र र नयाँ नियुक्ति हुने सशस्त्र प्रहरी कर्मचारीले आफू नियुक्ति भएको साठी दिनभित्र नेपाल सरकारले तोकेको फाराममा आफ्नो सम्पत्ति विवरण भरी नेपाल सरकारले तोकेको अधिकारी समक्ष सम्पत्तिको विवरण दाखिला गर्नु पर्नेछ ।
(२) सशस्त्र प्रहरी कर्मचारीले आफ्नो सम्पत्तिमा थपघट भएमा अख्तियारवालालाई सोको सूचना तीन महिनाभित्र दिनु पर्नेछ ।